सुपादेराली मन्दिर द्धारा क्यालेन्डर तथा ब्रोसर प्रकाशित

| २०८१ बैशाख १ गते ०६: ५६ मा प्रकाशित

हृदय भुसाल अर्घाखाँची । मनले चिताएको पुग्ने धार्मिक बिश्वास रहेको सुपादेउराली मन्दिर अर्घाखाँची जिल्लाको मात्र नभई देशकै  प्रसिद्ध धार्मिक स्थलको रुपमा चितपरिचित छ । गोरुसिङ्गे सन्धिखर्क सडक खण्डको सन्धिखर्क नगरपालिका र सितगंगा नगरपालिकाको सिमानमा अबस्थित रहेको उतm मन्दिर आफ्नो ए्ेतिहासिक महत्व,किम्वदन्ती सहितको निकै महत्वपुर्ण जानकारी मुलक ब्रोसर तथा सुपादेराली मन्दिरको २०८१ सालको भित्ते पात्रो सार्वजनिक एक कार्यक्रमका बिच आज मन्दिर परिसरमै बिमोचन गरिएको छ ।

 राष्ट्रिय तथा तथा अन्र्तराष्ट्रिय ब्यतmीत्वहरुले सुपादेउरालीको दर्शन गर्ने गरेको छन् । कुनै समस्या परे भाकल गरे समस्या टर्ने धार्मिक बिश्वास रहेकोले यसप्रतिको आस्था र बिश्वास अनी महत्व दिनप्रतिदिन फैलिदैँ गएको छ ् । मनोकामना पुरा होस् भनि पुजा आजा गर्ने र भाकल समेत गरि पाठा काट्ने र परेवा उडाउने समेत गर्ने गरिन्छ सुपादेउराली मन्दिरमा देश बिदेशवाट समेत भतmजन र दर्शनार्थीहरुको वढी भिड लाग्ने गर्दछ ।

 सवै दर्शनार्थीले मर्यादित र सहज ढंगले पुजाआजा गर्ने बली दिने,परेवा उडाउने कार्य गर्न पाउँछन् । भेटी र चन्दा कोषमा संकलन भएकको रकमलाई पारदर्शी गरि कोषमा राखेको र उतm रकमले बिधालय,भौतिक पुर्वाधार,दुखी गरिवको सेवा,साथै सामाजिक कार्यमा खर्च गरेको मन्दिर संरक्षण समितीले जनाएको छ ।
मन्दिर संरक्षण समितीले पहिलो पटक क्यालेन्डर र ब्रोसर सार्वजनिक गर्दे अन्य जिल्लाका धार्मिक तथा पर्यटकिय गन्तब्यहरुको फोटो उल्लेख भएको महत्वपुर्ण क्यालेन्डर प्रकाशन गरको छ ।

उतm कार्यक्रमलाई सम्वोधन गर्दे नेपाल पत्रकार महासंघ अर्घाखाँचीका जिल्ला अध्यक्ष अशोक खनालले धार्मिक आस्थाको मुख्य धरोहर सुपादउराली मन्दिरको गरिमा दिनप्रतिदिन वढ्दै गएको भन्दै पत्रकार महासंघको पर्यटन प्रवद्र्धन अभियानले समेत थप टेवा पुगेको बताए ।

अध्यक्ष खनालले भने,‘सुपा देउरालीलाई अव विदेशमा समेत ब्यापक प्रचार गरि देश कै मुख्य धार्मिक गन्तब्यको रुपमा बिकास गर्नु पर्छ,हामीहरुले प्रचार प्रचारका लागी अभियान संचालन गरेका छौँ,मन्दिरले जिल्लामा आर्थिक बिकास र रोजगारीमा समेत ठुलो टेवा पुराएको छ,यसको थप बिकास र प्रचारका लागी सवै सरोकारवाला एक भयर अगाडी बढ्नु पर्छ’।

शितगंगा नरपालिका २ का पुर्व वडा अध्यक्ष तथा यसै मन्दिरका पुर्व उपाध्यक्ष गोवद्र्धन थापाले  सोही ठाउँबाट सार्न लागेको भनि गलत समाचार सम्प्रेषण गरेको भन्दै मन्दिर कहिल्यै कहिँ नसक्ने भन्दै मन्दिर बाट धेरैलाई लाभ भएको बताए ।

मन्दिरको ऐतिहासिकता, धार्मिक,महत्व,किम्वदन्ती र गरिमा लाई दस्तावेज बनाई एउटा व्रोसरको रुपमा ल्याएका छौँ यसलाई सवैले गहिरो गरि अध्ययन गर्नुपर्ने भन्दै आगामी दिनमा अझै धेरै समेट्दै जानेै र  सवैको साथ सहयोग र सुझावको खाचाँै रहेको मन्दिर ब्यवस्थापन समितीका पुर्व सचिव यादव घिमिरेले बताए ।
सुपादेउराली मन्दिर,सुपादेउरालीको भेटि बाट संचालित स्कुल,जिल्लाको केही महत्वपुर्ण पर्यटकिय गन्तब्यहरुलाई समेत समेटी क्यालेन्डर प्रकाशन गरेको मन्दिर संरक्षण समितीका सचिब हरि खनालले बताए ।

 मन्दिरको क्यालेन्डर,ब्रोसर सामन्य तयारी गरि प्रकाशन गरेका छौँ मन्दिरको केही महत्व तथ्यलाई बुझ्न् बुझाउन र मन्दिर बारे केही जानकारी मुलक सामग्रीहरु निकै महत्वपुर्ण रहेको मन्दिर संरक्षण समितीका सदस्य तथा प्रचार प्रचार प्रमुख टुल्क बहादुर थापाले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला सहसचिव हृदय कुमार भुसाल,कोषाध्यक्ष रुद«मणि भुसाल,मन्दिर संरक्षण समितीका कोषाध्यक्ष कृष्णलाल पुरी,हिमलाल घिमिरे लगायत समितीका अन्य सदस्य धार्मिक तथा सामाजिक ब्याक्तित्वहरुको आथित्यता रहेको थियो ।  कार्यक्रम मन्दिर संरक्षण समितीका कार्यवाहक अध्यक्ष राजु गुरुङ्ग,सचिव हरि खनालको संचालमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्