अर्घामा वडा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न

| २०८१ बैशाख ५ गते २०: १४ मा प्रकाशित

हरिशचन्द्र बिश्वकर्मा ,अर्घा। अर्घाली युवाको सन्धिखर्क ९ अर्घाको आयोजनामा वडास्तरिय चैते दशै केन्द्रीत भलिबल  प्रतियोगिता खेल संरक्षक बल  बहादुर रायमाझी को अधिक्तम पहलमा आज सम्पन्न भएको छ । 

हिजोबाट सुरु भएको प्रतियोगिता आज समापन भएको हो । 

अर्घा मैदानमा भएको प्रतियोगितामा साबिक ३ ए तल्लो प्रथम , साबिक २ दोश्रो भएको छ । बिजेता टोलिलाइ नगद पुरस्कार ,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

खेल संयोजक महेश बिकको  अध्यक्षता रहेको कार्यक्रममा खेल संरक्षक बल बहादुर रायमाझी ,खेल संचालक समिति उप संयोजक सागर बिक ,सदस्यहरु विशाल परियार,दिपेन्द्र भुसाल,ईश्वरी केसि,मोहन राउत यस्तै समाजसेवी सुरज बिक,हरि बहादुर गन्धर्व ,रमेश आचार्य ,इन्द्रमान दमाई,अम्बरलाल परियार,बिष्णु परियार,माणिराम भुसाल,राम बहादुर थापा , अर्घाखाँची बुलेटिन सम्बाददाता रमेश थापा,हरिशचन्द्र बि:क र युवा लक्ष्मण बिक लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्