पार्वती आवि सन्धिखर्क १ पटुवाथुमको ६६ औं वार्षिकोत्सब सम्पन्न (तस्विर -भिडियो सहित)

| २०८१ बैशाख ५ गते २१: ३४ मा प्रकाशित

प्रेमनारायण आचार्य 
 सन्धिखर्क ५ बैशाख ।अंग्रेजी माध्यममा पढाइ हुने पार्वती आधारभूत विद्यालय सन्धिखर्क नगरपालिका १ पटुवाथुमको  ६६ औं वार्षिकोत्सब, अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । 

समय सापेक्ष अभिभावकको मागका आधारमा विद्यालयमा प्यावसनले तयार गरेको पाठ्यक्रम पढाउन थालेपछि विद्यार्थीहरु पनि आकर्षित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद श्रेष्ठले बताउनु भयो ।

नर्सरी देखि कक्षा ७ सम्म अंग्रेजी माध्यम प्यावसनकै पाठ्यक्रम पढाई हुने पार्वती आधारभुत विद्यालय जिल्लाकै गुणस्तरीय पढाइ हुने विद्यालयमा पर्दछ । यस विद्यालयमा हाल १ सय २४ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न, भौतिक संरचना निर्माण गर्न, अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई उत्कृष्ट बनाउन अभिभावक तथा शिक्षकहरु पनि कम्मर कसेर लागेका छन् । 

बार्षिकउत्सवको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्धाटन गर्नु भएको थियो ।

उहाँले सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको समयमा अंग्रेजी माध्यमबाट विद्यार्थी पढाएर गुणस्तरीय शिक्षा दिएको विद्यालयको प्रशंसा गर्नु भयो । 

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न र विद्याथीं संख्या बढाउन शिक्षक, अभिभावकले चालेका कामहरुमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । शिक्षकहरुलाई समय सापेक्ष उच्चतम प्रविधि र विद्यार्थीको आवश्यक्ता र मागका आधारमा पढाउन पनि आग्रह गर्नु भयो । 

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मणिराम पराजुली, सन्धिखर्क नगरपालिकाका सामाजिक विकास समिति अध्यक्ष तथा वडा अध्यक्ष नारायण खड्का, माधव श्रेष्ठ, ज्ञान प्रकाश माविका प्रधनाध्यापकसुर्य खनाल, विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्षहरु ठाकुर प्रसाद श्रेष्ठ, सुवास श्रेष्ठ, पुर्व प्रधनाध्यापक पुस्पा न्यौपाने, वलबहादुर रायमाझी लगायतले मन्तव्य राख्नु भएको थियो । 

विद्यालयका प्रधनाध्यापक विष्णु प्रसाद पराजुलीले विद्यालयको बार्षिक प्रतिवेदन तथा आयव्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद श्रेष्ठको अध्यक्षता, शिक्षक गोपाल पन्थीको सञ्चालन र पवित्रा वेल्वासेको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

 कार्यक्रममा बार्षिक परीक्षमा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थी, विभिन्न प्रतियोगीतामा उत्कृष्ट हुने विद्यार्थीलाइ पुरस्कृत गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्