सन्धिखर्कको कुर बाट एक विवाहित महिला २ हप्ता देखि बेपत्ता

| २०८१ बैशाख २२ गते १५: ०० मा प्रकाशित

संजु रबि पोख्रेल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं -२ कुर निवासी २४ बर्षिया महिला देवी नेपाली २०८१ साल बैशाख ७ गते देखि बेपत्ता रहेकी छिन। घर बाट पानि लिन जान्छु भनेर हिडेकी उनि धारोमा गाग्री छाडेर एका एक बेपत्ता भएकी हुन्। 

उनि बेपत्ता भएको मिति देखि आजको मिति नजिकका नातेदारदेखि इष्टमित्र सबै तिर खोजि कार्य गर्दा समेत उनि नभेटिएकोले निजका घर परिवारले खोजि कार्य गरि पाउँ भनी प्रहरी चौकीमा रिपोर्ट दिएको खबर प्राप्त भएको छ। 

 हराएकी महिला संतोष नेपालीकि पत्नी हुन्  उनका ८ वर्षका एक छोरा छन् । कुनै कसै महानुभावले तस्विर मा देख्नु हुने महिलालाई भेटाउनु या देख्नु भयो भने तुरुन्तै नजिकको प्रहरी चौकी वा फोन नं. 9867543472  मा खबर गरिदिन हुन हार्दिकअनुरोध गर्दछौँ। अर्घाखाँची बुलेटिन परिवार। 

प्रतिक्रिया दिनुहोस्