जनज्योति माध्यामिक विद्यालयमा सुचनाको चलखेल र लोकतन्त्र विषयक वक्तृत्वकला प्रतियोगीता सम्पन्न

| २०८१ बैशाख २४ गते १५: ३५ मा प्रकाशित

सागर परियार । आइतवार जनज्योति माध्यामिक विद्यालय सन्धिर्खकमा आफैँ बाट सुरु गरौँ,मिथ्या सुचना अन्त्य गरौँ भन्ने नाराका साथ सुचनाको चलखेल र लोकतन्त्र शिर्षकमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ माधव आर्चायले युवा विद्यार्थी बाटै गलत,भ्रामक  एवम सुचनाको चलखेल अन्त्य गर्न सकिने बताउनु भयो । बढदो सुचना प्रविधि संगै विकृर्षित हुदै गएको समाजिक संजालमा विभिन्न किसिमका राम्रो नराम्रो  दुवै सुचना तथा समाचार आउने हुदा हामी सवै यस कुरामा सचेत हुनु पर्ने जोड दिनु भयो ।

प्रतियोगीता बाट प्रथम भएका किस्मत खनालले सुचना हामीले समाजिक संजाल बाट मात्र नभई टि.भि, रेडियो,पत्रपत्रिका र गीतसंगीत बाट पनि पाउने गर्दछौँ र्।  यस्ता माध्यम प्रयोग गरेर केहि ब्यक्तिहरुले लोकतन्त्रलाई नै भर्याङ्ग बनाएर फाईदा लिनखोजि रहेका छन त्यसलाई रोक्ने हाम्रो एक जिम्मेवारी भएको ले आफै बाट र आजै बाट सचेत हुन सवैलाई आग्रह गरेका थिए । ’

प्रतियोगीतामा १० जना सहभागीहरु मध्ये किस्मत खनाल प्रथम,विदुषी खड्का द्धितिय र परिक्षा श्रेष्ठ तृतिय भएका थिए । तिनै जना उत्कृष्ट सहभागीलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रअ माधव आर्चाय, नित्यानन्द बञ्जाडे अर्घाखाँची डटकमका पत्रकार केसब पन्थी, कोसेली मिडियाका संचालक विराट पहारी लगायतको अतिथ्यता रहेको थियो । प्रतियोगीता शिक्षक नन्दराम भट्टराइ अध्यक्षता र सागर परियारको सहजिकरणमा संपन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्