खाँचीकाेटमा दाेस्राे स्व.सुरत थापा स्मृति कप जिल्ला वडास्तरिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुँदै

| २०८१ जेठ १० गते १७: ०४ मा प्रकाशित

पूजा केसी ,अर्घाखाँची ।अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकाेटमा मा दाेस्राे स्व.सुरत थापा स्मृति कप जिल्ला वडास्तरिय पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ!श्री खाँचीकाेट दरबार युवा क्लब काे आयाेजनामा हुने भलिबल खेल यहि जेष्ठ २९ गते देखि खाँचीकाेट दरबार युवा क्लबकाे प्राङ्गड चिदिचाैरमा सञ्चालन हुने आयाेजक खाँचीकाेट दरबार युवा क्लबले जनाएको छ।

उक्त भलिबल खेलमा प्रथम हुनेलाई नगद रु ५२,५,५५ ट्रफी,मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद रु ३२,२,३२ ट्रफी ,मेडल र प्रमाणपत्र ,तृतिय स्थान हासिल गर्नेलाई  नगद रु २२,२,२२ ट्रफी,मेडल र प्रमाणपत्र र त्यसैगरि विधा तर्फ उत्कृष्ट खेलाडी र उत्कृष्ट शटर लाई मेडल र प्रमाणपत्र पुरस्कार काे राखिएको छ्क्त।

 खेल नकाउट सिस्टम बाट खेलाइने छ खेलमा टिमकाेचसहित १० जना खेलाडी हुनु पर्ने छ र २ जना मात्रै बाहिरी खेलाडी समावेश गर्ने पाइनेछ !जसमा टिम दर्ता शुल्क रु३५०० रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्