संस्थागत विकास दिगाे व्यवस्थापन तथा कृषि प्रविधिको विस्तार सम्बन्धि ४ दिने तालिम सम्पन्न

| २०८१ जेठ १२ गते १७: २२ मा प्रकाशित

पूजा केसि,सन्धिखर्क।जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अर्घाखाँची काे आयोजनामा संस्थागत विकास दिगाे व्यवस्थापन तथा कृषि प्रविधिको विस्तार सम्बन्धि ४ दिने तालिम सन्धिखर्कमा सम्पन्न भएको छ!अर्घाखाँची का जलउपभाेक्ता समितिका लागि संस्थागत विकास दिगाे व्यवस्थापन तथा कृषि प्रविधिक काे विस्तार सम्बन्धि ४ दिने तालिममा सहभागी हरुले कृषि महत्त्वपूर्ण पेसा भए पनि सरकारले उपेक्षा गरेकाे गुनासाे गरेका छन।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले नबुझेको मानिसले उपेक्षा गरेपनि कृषि उत्तम र सम्मानित पेसा भएको बताएका छन!कार्यक्रममा सहभागीहरुले पछिल्लो समय युवा शक्ति बाहिर हुँदा समस्या भएको बताएका छन निमित्त डिभिजन प्रमुुख ईन्जिनियर भेषराज भुसालले कृषि उत्पादन बढाउन सिंचाइ सुविधा पुर्‍याउन पहल गरिरहेकाले बताएका छन!कृषि उत्पादनमा लागेका कृषकहरुकाे संस्था जलउपभाेक्ता समिति लाई विकसित र बलियो बनाउन पनि पहल गरिरहेकाे कार्यालय ले जनाएको छ।

तालिममा १७ जल उपभोक्ता समिति का ३४ जना किसान काे सहभागीता रहेको थियोे।

प्रतिक्रिया दिनुहोस्