सन्धिखर्कमा खुल्यो रेकर्डिङ स्टुडियो : काठमाण्डौ धाउँने झन्झट सकियो

| २०८१ जेठ १३ गते १५: १७ मा प्रकाशित

केशब पन्थी ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर २ को भक्तीटोलामा  अर्घाखाँचीका २ युवाले रेकर्डिङ स्टुडियो खोलेका छन । 

अर्घाखाँचीमा पछिल्लो समय गित गाउने नयाँ नयाँ प्रतिभाहरु खुलेर बाहिर देखिन  थालेको र त्यस्ता प्रतिभालाई संगीतमा जोडेर बाहिर ल्याउने र अन्य संगीत क्षेत्रमा लागेकाहरुलाइ पनि बुटवल काठमाडौ जान नपरोस भने उदेश्यले रेकर्डिङ स्टुडियो खोलिएको संचालकले बताएका छन । 

 भुमिकास्थान नगरपालिका वडा नम्बर २  का दिपक बिक र सन्धिखर्क नगरपालिका वडा नम्बर १० का कमल गन्दर्भको संयुक्त लगानीमा ASR audio and video production नामको रेकर्डिङ स्टुडियो खोलिएको उनिहरुको भनाइ छ । 

आज एक कार्यक्रमकाबिच सन्धिखर्क नगरपालिकाको  मेलमिलापकर्ता तथा दलित अधिकारकर्मी अर्घाखाँचीका संयोजक बिष्णु परियारले रिबन काटेर स्टुडियोको उदघाटन गर्नु भएको हो । 

अब जुनसुकै बिधाको गित गाउन परेपनी उक्त  स्टुडियोमा पुगेर गित रेकर्ड गर्न सकिने र अति बिपन्न आर्थिक अबस्था कमजोर भएकाहरुलाइ विशेष छुट सहित गित रेकर्डिङ गर्ने दिने संचालकले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्