घोरबन्दा सेवा समाज द्वारा आयोजित प्रथम स्व.हिरा गुरुङ्ग स्मृतिकप भलिबल प्रतियोगीताको उपाधि मालारानीलाई

| २०८१ बैशाख ३० गते १९: ५१ मा प्रकाशित

पूजा केसि ,अर्घाखाँची । अर्घाखाँची जिल्ला काे शितगँगा घाेरबन्दा सेवा समाज द्वारा आयाेजित प्रथम स्व हिरा गुरुङ स्मृतिकप भलिबल प्रतियोगिता काे उपाधि मालारानी ले हाता पार्न सफल भएकाे छ।

उपाधि सङै प्रथम हुने मालारानी गाउँपालिकाकाे टाेलिले प्रथम पुरस्कार ५१,१५१ शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

घाेरबन्दा सेवा समाज द्वारा आयाेजनामा यहि वैशाख २७ गतेबाट सुरु भएको प्रतियोगिता मा अर्घाखाँची भित्रका विभिन्न वडाहरुकाे सहभागीता रहेको थियाे।

यस्तै दाेस्राे भएकाे घाेरबन्दा सेवा समाज शितगँगा ले ३१,१३१ शिल्ड मेडल प्रमाणपत्र र तेस्रो हुने दरबार युवा क्लब खाँचीकाेटले २१,१२१ शिल्ड मेडल ,प्रमाणपत्र  प्राप्त गरेकाे छ।

खेल अर्घाखाँची जिल्ला काे शितगँगा नगरपालिका २ घाेरबन्दा मा भएको थियाे खेल आज सम्पन्न भएको छ।

प्रतियोगितामा बेस्ट स्पाइकर कमल गहत राज ,उत्कृष्ट ब्लकर चिरन खड्का ,उत्कृष्ट लिब्रो इश्वर गुरुङ र उत्कृष्ट खेलाडी जीवन सुनाम रहेका थिए।

 पुरस्कार वितरण प्रदेश सभा सदस्य राम्झी प्रसाद घिमिरे ,खेलकुद विकास समितिका अध्यक्ष बिष्णु क्षेत्रि ,उपमेयर गीता भाट,पदम क्षेत्रिको हात बाट गरिएको थियो। 

उत्कृष्ट ब्लकर चिरन खड्का
उत्कृष्ट खेलाडी जीवन

प्रतिक्रिया दिनुहोस्