नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा

| २०७८ भदौ १२ गते ०५: ५१ मा प्रकाशित

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप लिग २ का लागि ओमान भ्रमणमा रहेका उनले शुक्रबार राजीनामा दिएका हुन् ।

उनले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र लेख्दै मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । क्यानले खुल्ला प्रतिस्पर्धाबाट ह्वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

उनले क्यानसँग एक वर्षको सम्झौता गरेका थिए । तर उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका छन्। उनको राजीनामाबारे क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान)ले यस्तो लेखेको छ-


क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेले उनले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएको बताए । राजीनामा पत्रमा उनले महामारीका बेला परिवारसँग टाढा बस्नु उपयुक्त नलागेको उल्लेख गरेको प्याकुरेलले बताए ।

क्रिकेट संघले ह्वाटमोरलाई २ पुस २०७७ मा एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्