यू-१९ पुरुष विश्वकपको एसिया छनोटमा अर्घाखाँचीका देब खनालको १ सय २५ रनको धमाकेदार पारि : कुवेतलाई ३४४ रनको लक्ष्य

| २०७९ फागुन १३ गते १५: १२ मा प्रकाशित

काठमाडौँ। कप्तान देव खनाल र ओपनर अर्जुन कुमालको शतकको मदतमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको छ ।  

मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रनको विशाल योगफल तयार पार्‍यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १ सय २५ रन जोडे । १ सय १७ बल खेलेका देवले ९ चौका र ३ छक्का हिर्काए ।

यता अर्जुन कुमालले भने १ सय १२ बलमा १२ चौकाको मदतमा १ सय ८ रनको शतकीय पारी खेले । विशाल विक्रम केसीले २३ रन तथा दिपक बोहराले १९ रनको योगदान गरे ।

कुवेतका लागि हेनरी थोमस र आर्स साहिलले २-२ विकेट तथा हैवर अली र जय मेहताले एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्