नेपालको लगातार चौंथो हार

| २०८० असार ७ गते १९: ३७ मा प्रकाशित

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार चौंथो हार व्यहोरेको छ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा बिहीबार तुर्किमिनिस्तानसँग पराजित हुँदै नेपालले चौंथो हार व्यहोरेको हो ।

नेपाललाई तुर्किमिनिस्तानले ३-१ को सेटमा हराएको हो । नेपालमाथि तुर्किमिनिस्तानले २५-१८,२३-२५,२६-२४ र २५-२० को सेटमा जित निकालेको हो ।

यस अघि नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो ।  यस्तै तेस्रो खेलमा नेपाल इरानसँग पराजित भएको थियो ।

काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।

अब नेपालले पाँचौं खेलमा किर्गिस्तानको 'बी' टोलीसँग शुक्रबार खेल्नेछ । यस्तै नेपालले अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।source- khelpati

प्रतिक्रिया दिनुहोस्