किर्गिस्तानको ‘बी’ टोलीसँग पनि नेपालको हार: काभा पुरुष भलिबल नेसन्स लिगमा लगातार पाँचौं हार

| २०८० असार ८ गते १८: ४२ मा प्रकाशित

 नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा लगातार पाँचौं हार बेहोरेको छ ।

रोमाञ्चक र प्रतिस्पर्धात्म बनेको खेलमा नेपाल घरेलु टोली किर्गिस्तानको ‘बी’ सँग ३–२ को सेटमा पराजति हुँदै लिगमा लागतार पाँचौ हार बेहोर्न पुगेको हो ।

विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा शुक्रबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेपालले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । २३–२३ को बराबरीबाट लगातार २ अंक जोड्दै पहिलो सेट जित्न सफल भयो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा तीनपटक सेट पोइन्ट नजिक पुगेपनि फिनिसिङमा चुक्दा नोपलले किर्गिस्तानलाई २७–२९ ले नतिजा सुम्पन पुग्यो । तेस्रो सेटमा एक समय अग्रता लिएको नेपालले त्यो अग्रतालाई जोगाउन नसक्दा २२–२५ ले नतिजा सुम्पन पुग्यो ।

चौथो सेटमा एकपक्षीय प्रदर्शन गर्दे नेपालले २५–११ को सहज जित निकाल्दै खेललाई पाँचौ सेटमा लम्ब्याए । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको निर्णायक तथा पाँचौ सेट १४–१४ ले गुमाएपछि नेपालले नतिजा किर्गिस्तानलाई सुम्पियो ।

१०–१२ ले पछि नेपाललले लगातार ३ अंक बटुल्दै खेलमा १३–१२ को अग्रता लिएपनि त्यसपछि लगातार २ गुमाएपछि नेपाल खेलमा पछि पर्दै सेट पनि गुमाउन पुग्यो । किर्गिस्तानले दुईपटक म्याच पोयन्ट लिर्द जित निकाल्न सफल भयो ।

यस हारका बाबजुत पाँच सेट खेलेकाले नेपालले नेसन्स लिगमा पहिलो अंक बटुलेको छ । नेपाल ५ खेलबाट १ अंक जोडेर पुछारमा छ । किर्गिस्तान ‘बी’ को चार खेलबाट ४ अंक छ ।

अब नेपालले लिग चरणको अन्तिम खेलमा आइतबार आइतबार उज्वेकिस्तानसँग खेल्नेछ ।हाम्रो खेलकुद बाट साभार 

प्रतिक्रिया दिनुहोस्