क्यानको बागमती प्रदेश अध्यक्षमा पूर्वकप्तान पारस खड्का निर्वाचित

| २०८० भदौ १५ गते १९: ०९ मा प्रकाशित

काठमाडौं,१५ भदौ । नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेश अध्यक्षमा पारस खड्का निर्वाचित भएका छन् ।

आज भएको निर्वाचितमा अध्यक्षका अर्का प्रत्यासी उमेश पियालाई पराजित गर्दै खड्का निर्वाचित भएका हुन् ।

निर्वाचित खड्काले खसेको कूल ३७ मतमा २३ मत पाउँदा पराजित पियाले १४ मत मात्रै पाए । कार्यसमितिमा पनि खड्काको प्यानलनै निर्वाचित भएको छ ।

खड्का राष्ट्रिय टिमका पूर्प कप्ततानसमेत हुन् । उनले क्रिकेटको नेतृत्वमा आउनै लागि राष्ट्रिय टिमबाट सन्नयास लिएका थिए ।

६ जिल्ला मध्ये ४ जिल्ला र वर्तमान कार्यसमितिका ७ सदस्यले पारसलाई अध्यक्ष बनाउने सर्वसम्मितिसहित यसअघि नै पत्रकार सम्मेलन गरिसकेकाले उनको दाबेदारी बलियो मानिएको थियो ।

पत्रकार सम्मेलनमा चितवन र नुवाकोटलाई बाहिर राख्दै बाँकी चार जिल्लाले बाँकी पदमा भागभण्डा गर्ने यसअघि नै सार्वजनिक भएको थियो ।rss

प्रतिक्रिया दिनुहोस्