रोमाञ्चक खेलमा अष्ट्रेलियाद्वारा न्यूजिल्याण्ड ५ रनले पराजित

| २०८० कार्तिक ११ गते २०: ४७ मा प्रकाशित

भारतमा जारी विश्वकप क्रिकेटको १३ औँ संस्करण अन्तर्गत आज भएको रोमाञ्चक खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले पराजित गरेको छ।

भारतको हिमान्चल प्रदेशको धर्मशाला क्रिकेट मैदानमा भएको खेलमा न्युजिल्याण्डले टस जितेर अष्ट्रेलियालाई पहिला ब्याटिङ गर्न निम्तो दिएको थियो।

सुरुवाती ब्याटिङ गरेको अस्ट्रेलिया ४९.२ ओभरमा अलआउट भयो। अस्ट्रेलियाले ३८८ बनायो।

३८९ रनको विशाल लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको न्युजिल्यान्ड निर्धारित ५० ओभरमा ३८३ रन मात्र बनाउन सक्दा ५ रनले पराजित हुन पुग्यो।

प्रतिक्रिया दिनुहोस्