एसएमएस कप फाइनल : गुजरातलाई हराउँदै नेपालले उपाधि चुम्यो

| २०८० चैत २५ गते १७: ०६ मा प्रकाशित

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले एसएमएस त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि जितेको छ । नेपालले आइतबार खेलिएको फाइनल खेलमा गुजरात क्लबलाई १८ रनले हराउँदै उपाधि चुमेको हो । 

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले भने निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५८ रनमात्र बनाउन सक्यो । 

जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली गुजरातलाई लक्ष्यसम्म पुग्न नदिन नेपालका बलर अभिनाष बोहराले तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि दुई विकेट हात पारे । कुशल मल्ल र करण केसीले पनि एक-एक विकेट लिए । 

नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले केवल ४७ बलमा ७४ रन बनाए । ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा ३४ बलमा ३४ रन थपे । 

अर्का ओपनर कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए । दीपेन्द्रसिंह ऐरी तीन बलमा सात रन बनाउँदै पेभेलियन फर्किए । कुशल मल्लले पनि १३ बलमा अविजित ३१ बलमा रनको योगदान गरे । 

सन्दीप जोराले तीन बलमा अविजित सात रन बटुले । भारतीय टोलीका बलर शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले एक-एक विकेट लिए ।source-ratopati 

प्रतिक्रिया दिनुहोस्