रोहितको अर्धशतकमा भारतद्धारा इङ्ल्याण्डसामु २३० रनको चुनौती प्रस्तुत

| २०८० कार्तिक १२ गते १८: ४७ मा प्रकाशित

काठमाडौं,१२ कार्तिक । कप्तान रोहित शर्माको ८७ रनको अर्धशतकीय पारीमा भारतले एक दिवसिय विश्वकपमा साविक विजेता इङ्ल्याण्डसामू २३० रनको चुनौती पेश गरेको छ ।

भारतमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले मध्यम प्रदशन गर्दै निर्धारित ५० ओभरमा ९ विकटको क्षतिमा २२९ रनको योगफल खडा गरेको हो ।

उसका लागि कप्तान रोहितले सर्वाधिक ८७ र सूर्यकुमार यादवले ४९ रन बनाउन बाहेक अन्य ब्याटस्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । इङ्ल्याण्डसामू दबाबमा देखिएको घरेलु टिमको इनिङ कप्तान रोहितले उकासे । रोहितले १०१ बलमा १० चौका र तीन छक्कासहित ८७ रन बनाए । ४०–३ को कठिन अवस्थामा रहँदा चौथो विकेटका लागि केएल राहुलसँग ९१ रनको साझेदारी गर्दै रोहितले भारतको इनिङ सम्हालेका थिए । राहुलले ३९ रन थपे ।

भने सूर्यकुमारले ४७ बलमा ४ चौका र एक छक्का हिर्काउँदै ४९ रन बनाए । उनी अर्धशतक बनाउनबाट मात्रै एक रनले चुकेका थिए ।

ओपनर सुभमन गिललाई ९ रनमै गुमाएको भारतले अर्का ब्याटस्म्यान विराट कोहलीलाई शून्य रनमै गुमाएको थियो । केएल राहुलले ३९ रन जोडेको खेलमा जसप्रित १६ रन थपे ।

बलिङतर्फ इङ्ल्याण्डका डेविड विलिले ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले २ ओभर मेडन राख्दै ४५ रन खर्चिएका थिए । त्यस्तै क्रिस वकेर्स र एदिल रसिदले समान २ विकेट लिए ।

साविक विजेत इङ्ल्याण्डले जारी प्रतियोगीतामा निकै कमजोर प्रदर्शन गर्दै आएको छ । खेलेका ५ खेलमध्ये एकमा मात्रै जित निकालेर समूह चरणको पुच्छरमा रहेको उसले नकआउट चरण पार गर्ने संभावना प्राविधिक रुपमा मात्रै जीवित रहेको छ । भने उच्च लयमा रहेर अपराजित रहेको भारत ५ खेलबाट १० अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्