चीनमा होटल भवन भ'त्किँ'दा मृ'त्यु हुनेको संख्या १७ पुग्यो

| २०७८ असार ३० गते १५: ०५ मा प्रकाशित

चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा सोमबार एक होटलको भवन भ'त्किँ'दा त्यसमा रहेकामध्ये मृ'त्यु हुनेको संख्या १७ पुगेको बताइएको छ । त्यस दु'र्घ'ट'नामा परी सोमबार मात्र आठ जना नागरिकको ज्या'न गएको बताइएको थियो ।

सोमबार अपरान्ह भ'त्कि'एको सो भवनमा थप नौ जना हराइरहेका बताइएको थियो । जियान्सु प्रान्तका अधिकारीहरुले बुधबार उक्त भवनमा परेर हराइरहेका मध्ये थपको ज्या'न गएकोले त्यसमा परेर ज्या'न गुमाउनेको संख्या १७ पुगेको बताइएको हो ।

सोमबार अपरान्ह सो भवन भ'त्किँ'दा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए । तीमध्ये आठ जनाको नि'ध'न भएको र अरु हराइरहेका चिनिया अधिकारीहरुले मंगलबार जनाएका थिए । त्यसमा च्यापिएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरुले काम गरिरहेका छन् । त्यसैगरी सो भवन के कति कारणले भ'त्कि'एको हो भन्ने बारेमा अनुसन्धान शुरु भएको पनि प्रहरीले जानकारी दिएको छ ।

उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । भवनमा परेकाहरुमध्ये पाँच जनाको सकुशल उद्धार गरिएको बताइएको छ ।

चिनियाँ अधिकारीहरुले बुधबार बिहान ९ बजे उक्त उद्धार कार्यको अन्त्य भएको बताएका छन् । 
  
 यो समाचार रातो पाटिबाट साभार भएको छ। 

प्रतिक्रिया दिनुहोस्