पत्रकार शाहीको कुवेतमा हृदयघातबाट निधन

| २०७८ असोज २८ गते २१: १२ मा प्रकाशित

खुम रायामाझी,कुवेत।पत्रकार माधब शाहीको निधन भएको छ । ३६ बर्षिय शाहीको उच्च रक्तचापको कारण हृदयघातबाट आज बिहान मृत्यु भएको छ।    

प्युठान जिल्ला, एरावति -४ निवासि उनी लामो समयदेखि कुवेतमा रहदै आएका थिए । 

प्रवासी परोपकारि पत्रकारितामा सक्रिय शाही एनआरएनए एनसिसि कुवेतका उपाध्यक्ष , दर्शन ठकुरी समाज कुवेतका सल्लाहकार तथा पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका सदस्य समेत रहेका थिए । उनको निधनले कुवेतको नेपाली समाजले एउटा दरिलो सामाजिक अभियन्ता गुमाएको छ ।
उहाँको परिवारमा श्रीमती र २ जना छोरीहरु रहेको जानाकारी हुन आएको छ।

घटनाबारे राजदुतावासमा जिज्ञासा राख्दा शाहीको निधनबारे प्रारम्भिक जानकारी आईसकेको र जति सक्दो छिटो शव नेपाल पठाउने कार्यमा जुटेको कुरा राजदुतावास स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्