कुवेतमा एक नेपाली नागरिकको हृदयघातबाट मृत्यु

| २०७८ पौष १७ गते १७: ४९ मा प्रकाशित

खुम रायमाझी। कुवेतमा एक नेपाली नागरिकको हृदयघातबाट मृत्यु भएको छ।नेपाल चौरजहारी वडा नं.१० रुकुम स्थायी घर भएका ४३ वर्षिय महेश घर्तीको गत २८ डिसेम्वर २०२१ का दिन हृदयघातबाट मृत्यु भएको हो।

घटनाबारे जानाकारी दिंदै नेपाली राजदुतावास कुवेतका द्वितिय सचिव श्रीकृष्ण सिलवालले भन्नुभयो: घर्ती ३ वर्ष अघि कुवेत आएका मृतक घर्ती कुवेतको एक अमेरिकी विश्वविद्यालयमा सुरक्षाकर्मीको रुपमा कार्यरत रहेका थिए।उनको परिवार राजदुतावाससँग सम्पर्कमा आइसकेकोले अब मृतकको शवलाई केही कानुनी प्रर्किया पुरा गरी कम्पनीको समन्वयमा छिट्टै नेपाल पठाइने बताउँनुभयो।

मृतकको घरमा १ श्रीमती,३ छोरी र १ छोरा रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्