इजरायलमा मार्च १७ गते शुक्रवार चर्चित मन्त्र व्याण्ड को लाइभ कन्सर्ट हुने: कन्सर्टको सम्पूर्ण तयारी पुरा (भिडियो सहित)

| २०७९ फागुन २९ गते २०: २२ मा प्रकाशित

तेलअभिव ,इजरायल। इजरायलमा पहिलो पटक चर्चित मन्त्र व्याण्ड को लाइभ कन्सर्ट हुने भएको छ।शुक्रवार हुने मन्त्र व्याण्ड को लाइभ कन्सर्ट को लागि सम्पूर्ण तयारि पुरा भईसकेको अयोजक ले जानकारी दिएको छ। 

गोर्खा ब्रदर्श इजरायलको आयोजनामा यहि आउँदो शुक्रबार अर्थात मार्च १७ तारिख  तेलअभिव स्थित तेलअभिव युनिभर्सिटी  स्मोलार्ज अडिटोरियम मा भव्य रुपमा चर्चित मन्त्र व्याण्ड को लाइभ कन्सर्ट हुने भएको हो। 

कार्यक्रम शुक्रबार साँझ ९ बजे बाट शुरु हुने आयोजक ले बताएको छ। कार्यक्रम को प्रवेश शु:ल्क २ सय इजरयाली सेकेल रहेको छ। कार्यक्रमको मूल आयोजक गोर्खा ब्रदर्श इजरायल रहेको छ भने सह - आयोजकमा गोर्खा किचेन ,गोर्खा मोबाइल ऊँ  इन्डियन पसल ,फ्लाई होम ह्याक्रिन ,र याद बियाद एजेन्सी रहेका छन्।

कार्यक्रम स्थल सम्म आउँन जानको लागि लेवेन्सकी पार्क बाट नि:शुल्क बसको व्यवस्था रहेको छ। शुक्रवार साँझ ७ :३० देखि २०:३० बजेसम्म बसले दर्शक हरुलाई कार्यक्रम स्थल सम्म पुर्याउन सेवा दिने आयोजक ले बताएको छ। 
 
साथै इजरायलमा रहनुहुने सम्पूर्ण नेपाली भाषी दाजुभाई तथा दिदीबहिनीहरुलाई शुक्रबार हुने चर्चित व्याण्ड लाइभ कन्सर्ट मा उपस्थिति जनाई कार्यक्रमलाइ भव्य र शभ्य रुपमा सफल पारिदिन र मनोरंजनात्मक बनाइदिनुहुन आयोजक ले हार्दिक अनुरोध सहित् निमन्त्रणा गरेको छ। 

पहिलो पटक इजरायलमा हुन् गईरहेको चर्चित मन्त्र व्याण्ड लाइभ कन्सर्ट बाट आउँने मुनाफा भारत ,नेपालमा रहेका बिभिन्न वर्गका गरिब दिन दु:खि हरुका लागि  सहयोग गर्ने आयोजक ले प्रतिबद्धता गरेको छ ,साथै मन्त्र व्याण्ड लाइभ कन्सर्ट कुनै पनि आफ्नो फाइदा उठाउँन को नगरिएको र निस्वार्थ एक इजरायल वासी दाजुभाई तथा दिदीबहिनी हरुलाई भरपुर् मनोरंजन दिने कार्यक्रम बाट आएको सम्पूर्ण मुनाफा दिन दु:खिहरुको सेवामा खर्च गरिने बिपिन तामांग ले जानाकारी दिनुभएको छ। 

चर्चित मन्त्र व्याण्ड लाइभ कन्सर्ट हेर्नको लागि टिकट नलिनु भएका महानुभावहरुलाई आम्रो मोबाइल नजिकै रहेको गोर्खा मोबाइल पसल बाट टिकट लिनुहुन् आयोजक समुहले हार्दिक अनुरोध गरेको छ ,टिकटको शु:ल्क २ सय सेकेल रहेको छ। 

भिडियो 

प्रतिक्रिया दिनुहोस्