गोर्खा ब्रदर्श इजरायलद्वारा आयोजित मन्त्र व्याण्ड को लाइभ कन्सर्ट भव्यताका साथ् सम्पन्न (तस्विर सहित)

| २०७९ चैत ५ गते २१: ०२ मा प्रकाशित

तेलअभिव ,इजरायल। गोर्खा ब्रदर्श इजरायलको आयोजनामा चर्चित मन्त्र व्याण्ड को लाइभ कन्सर्ट गत शुक्रबार भव्य र शभ्य रुपमा सम्पन्न भएको छ। 

 चर्चित मन्त्र व्याण्ड को लाइभ कन्सर्ट 

मार्च १७ तारिख  तेलअभिव स्थित तेलअभिव युनिभर्सिटी स्मोलार्ज अडिटोरियम मा भएको मन्त्र व्याण्ड को लाइभ कन्सर्टमा दर्शकहरुको खचाखच रहेको थियो। 

मन्त्र व्याण्ड को लाइभ कन्सर्टमा दर्शकहरुको खचाखच 

गोर्खा ब्रदर्श इजरायलको प्रमुख आयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति एनआर एन इजरायलका पुर्व अध्यक्ष दिपक प्रसाद ओलीको रहेको थियो भने ,अथिति हरुमा ,एनआर एन इजरायलका संरक्षक ,बिशाल ज्ञावली ,रबिन दाहाल ,प्रेम उप्रेती ,गोर्खा मोबाइलका संचालक , बिभिन्न मिडियाका पत्रकारहरु ,बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतका ब्याक्तित्वहरु उपस्थिति रहेको थियो। 

मन्त्र व्याण्ड को लाइभ कन्सर्ट

तेलअभिव युनिभर्सिटी स्मोलार्ज अडिटोरियममा गरिएको मन्त्र व्याण्ड को लाइभ कन्सर्ट मा आयोजक ले अपेक्षा गरे भन्दा पनि धेरै इजरायलवासी ,नेपाली भाषी दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति देखेर चकितनै बनाएको थियो। 

तेलअभिव युनिभर्सिटी स्मोलार्ज अडिटोरियममा गरिएको मन्त्र व्याण्ड को लाइभ कन्सर्ट

कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थिति देखेर आयोजक समुह अत्यन्तै खुशी मुद्रामा देखिन्थ्यो।

आयोजक समुह अत्यन्तै खुशी मुद्रामा 

मन्त्र व्याण्ड को लाइभ कन्सर्ट बाट आएको मुनाफा लाई नेपाल इन्डियामा रहेका बिभिन्न वर्गका दु:खि पिडित हरुलाई आर्थिक सहयोग गरिने  गोर्खा ब्रदर्श इजरायलले बताएको छ। 

मन्त्र व्याण्ड को लाइभ कन्सर्ट 

साथै आगामी दिनहरुमा पनि इजरायलवासी ,नेपाली भाषी दाजुभाई तथा दिदीबहिनीहरुको यस्तै मिठो माया ममता साथ् सपोर्ट पाएमा यस्तै खालका कार्यक्रम हरु गर्ने  गोर्खा ब्रदर्श इजरायलका प्रतिनिधि बिपिन तामांगले बताउनु भएको छ। 

मन्त्र व्याण्ड को लाइभ कन्सर्टमा  गोर्खा ब्रदर्श इजरायल
मन्त्र व्याण्ड को लाइभ कन्सर्ट
मन्त्र व्याण्ड
मन्त्र व्याण्ड
अथितिहरु 
बिशाल ज्ञावली र खेमराज जमरकटेल 
मन्त्र व्याण्डका कलाकार हरु 

 

प्रतिक्रिया दिनुहोस्