क्रिकेट बलले गुप्तांगमा लागेर ११ वर्षीय बालकको नि'ध'न

| २०८१ बैशाख २४ गते १७: २० मा प्रकाशित

एजेन्सी । भारतको पुणेस्थित लोहेगाउँमा क्रिकेट खेल्दै गर्दा ११ वर्षीय बाललको निधन भएको छ । यो दर्दनाक दुर्घटना त्यहाँ जडान गरिएको सीसीटीभी क्यामेरामा पनि कैद भएको थियो ।

शौर्य साथीहरूसँग क्रिकेट खेल्दै थिए । उनी बलिङ गरिरहेका थिए । त्यसपछि केही यस्तो भयो कि शौर्यले ज्यान गुमाउनु पर्यो । उनका साथीहरूले केही गर्न सकेनन् ।

गर्मीको बिदामा शौर्य दाजुभाइ र साथीभाइसँग क्रिकेट खेल्दै थिए । बिहीबार साँझ यी सबै लोहेगाउँस्थित जगतगुरु स्पोर्ट्स एकेडेमीमा खेलिरहेका थिए । शौर्य बलिङ गर्दै थिए । अगाडि उभिरहेका ब्याट्सम्यानले उनका केही बलमा सट प्रहार गरे ।

यस्तै एउटा प्रहार सीधै शौर्यलाई लाग्यो । बल सीधै शौर्यको गुप्तांगमा लागेको थियो । ११ वर्षको निर्दोष बालक त्यहीँ पीडाले कराउन थाल्यो । उनी भुइँमा लडेर उठे तर उनको अवस्था बिग्रन थाल्यो ।

सुरुमा उनलाई सामान्य चोट लागेको थियो तर शौर्यले आँखा नखोल्दा सबै डराए । घटनाबारे उनको परिवारका सदस्यलाई जानकारी गराइएको थियो । परिवारले शौर्यलाई अस्पताल पुर्याए पनि उनको ज्यान बचाउन सकेनन् । शौर्यलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस विषयमा विमन्तल प्रहरी चौकीमा आकस्मिक मृत्युको मुद्दा दर्ता भएको छ । शौर्यको शव पोष्टमार्टमका लागि सासन अस्पतालमा राखिएको छ । पुणे मिररको रिपोर्टका अनुसार मृत्युको वास्तविक कारण पोस्टमार्टमपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्