जापानबाट भिडियोकल गर्दै नेपाली युवतीले गरिन् आ'त्म'ह'त्या

| २०८० भदौ ५ गते १८: ३९ मा प्रकाशित

अध्ययनका लागि जापान पुगेकी एक नेपाली किशोरी परिवारसँग फोनमा कुरा गरिरहँदाकै अवस्थामा भिडियो कल गरेर झुण्डिएकी छन् ।

परिवारका सदस्यहरुले आत्महत्या प्रयासको कारणबारे नखुलाए पनि पारिवारिक असमझदारीपछि उनले फेसबुक म्यासेन्जरमा भिडियो कल गरेर देखाउँदै झुण्डिएको प्राप्त जानकारीमा उल्लेख छ ।

सोमबार साँझको घटनापश्चात फुकुओका क्षेत्रमा रहेका नेपालीहरुले उनको कोठा करिव आधा घण्टामा पत्ता लगाएपछि प्रहरी बोलाएर उद्दार प्रयास गरिएको थियो । प्रहरीले अगाडि फोन राखेर झुण्डिएको अवस्थामा फेला पारेको र परिवारले भनेजस्तै फोनमा भिडियो कल भएको देखिएको बताइएको छ ।

आपतकालिन रुपमा प्रहरी र एम्बुलेन्स बोलाएर उद्दार प्रयास गरि अस्पताल लगिएकोमा मंगलबार बिहान उनको उपचार प्रयास भइरहँदा निधन भएको अस्पतालले बताएको एनआरएनए अभियन्ता सुपेन्द्र घिसिङले जानकारी दिए ।

‘सोमबार मध्यरातसम्म अस्पताल तथा प्रहरीले निधन भएको घोषणा गरेको थिएन’, घिसिङले भने- ‘चिकित्सकहरुले मंगलबार बिहानसम्म केही भन्न नसक्ने बताएका थिए ।’

प्राप्त जानकारी अनुसार अचेत अवस्थामा रहेकी नेपाली विद्यार्थी रबीना बुढाथोकी हुन् । दोलखा घर भएकी बुढाथोकि गत बर्ष मात्र भाषा विद्यार्थीका रुपमा जापान आएकी थिइन् ।

करिव २० बर्षिया उनले केहिदिन अघि मात्र एउटै विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई ५ दिनका लागि नेपाल जानुपर्ने भएको प्लेनको टिकट बुझिदिन आग्रह गरेको पाइएको छ ।

हाल बिदेशमा रहेका उनका भाइ समेत बिदामा नेपाल आएर फर्कनको लागि तयारी गरिरहेको बताइन्छ ।

कोठामा आत्महत्या प्रयास अघि कुनैपनि सुसाइड नोट लगायत वस्तु नभेटिएको बताइएको छ । घटना अघि बुढाथोकिले कोठामा चुक्कुल लगाएर झुण्डिएकाले उद्दारका लागि पुगेका नेपालीहरु ढोका फोडेर भित्र पस्न नसकेको र प्रहरी पुगेर उद्दार हुँदा समय धेरै लागेकाले घटनास्थलमा जीवन रहेको संकेत पाइएको थिएन । तर अस्पतालले कृतिम स्वास दिएर जीवन रक्षाको अन्तिम प्रयास गरेको थियो ।

जापानमा पछिल्ला केहि वर्षयता,नेपाली समुदायमा यस्ता अप्रत्यासित दुखद घटनाहरु बढ्दै गएको छ।स्रोत - घटना बिचार डटकम 

प्रतिक्रिया दिनुहोस्