लुम्बिनी प्रदेश सम्पर्क समिति युएईकाे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०८० असोज १५ गते १७: १० मा प्रकाशित

राज अधिकारि ,दुबई। लुम्बिनी प्रदेश सम्पर्क समिति युएई काे आयाेजनामा अक्टोबर १ गते का दिन लुम्बिनी प्रदेश सम्पर्क समिति युएईका पुर्व अध्यक्ष तथा लुम्बिनी  प्रदेश अन्तर्गत रहेका जिल्ला सम्पर्क समिति युएईका अध्यक्ष  तथा उक्संस्था बाट उपस्थित प्रतिनिधीहरू संग लुम्बिनी प्रदेश सम्पर्क समिति युएईकाे कार्य समितिलाई बिस्तार तथा आर्थिक काेषकाे वृद्वि लगायत बिविध बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। 

उक्त कार्यक्रमा लुम्बिनी प्रदेश बाट आफ्नाे र पारिवारीक स्तर उन्नतीकाे लागी युएईकाे बिभिन्न स्थानमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनी हरूलाई आईपरेका समस्यालाई के कसरी समधान गर्न सकिन्छ भन्ने कुरामा जिल्ला सम्पर्क समितिका पदाधिकारी र लुम्बिनी प्रदेश सम्पर्क समितिका नव नियुक्त पदाधिकारी  बिच छलफल भएकाे थियाे ।

 छलफलका क्रममा उपस्थित प्रतिनिधीले  आफ्नाे -आफ्नो  जिल्लागत रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले भाेग्दै आउनु भएका समस्या तथा राय सुझाब प्रस्तुत गर्नु भएकाे थियाे । 

छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सम्पर्क समितिका अध्यक्ष प्रेम बग्लदार ले भन्नु भयाे प्रदेशी भुमीमा रहेका हाम्रा दाजुभाई तथा दिदीबहिनीका समस्याकाे समधान गर्नकाे लागी तपाईहरूकाे साथ सहयाेगकाे अपरिहार्यता रहेकाे जानकारी उपस्थित सबैलाई  गराउनु भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्