प्रबासी नेपाली संघले ५८ औं स्थापना दिवस मनायो

| २०८१ बैशाख २७ गते १७: २४ मा प्रकाशित

प्रवासी नेपाली संघ भारत करनाल नगर समितिको आयोजनामा प्रबासी संघ को ५८ औं स्थापना दिवस भारतको कर्नालमा मनाइएको छ । करनाल नगर समितिको कोषाध्यक्ष सुरज बस्नेतको अध्यक्षता रहेको कार्यक्रममा    प्रवासी नेपाली संघ  भारत हरियाणा राजस्थान  संयुक्त राज्य समितिका सचिव राम प्रसाद  भण्डारीको  प्रमुख आतिथ्यता रहेको थियो । 

राज्य  सल्लाहकार  प्रमुख डबल चौहान  र राज्य सदस्य करनाल नगर इन्चार्ज  टिकाराम भुसाल , राज्य महिला बिभाग सदस्य  सीता चौहान , नगर महिला अध्यक्ष रिता सेजवाल , नगर समिति सह सचिव सन्जु शर्मा , हिमाल खनाल, मुद्दा मामिला प्रमुख राजु सेजल,सह कोषअध्यक्ष माधव खत्री , केशब सापाकोटा , नगर महिला उपाध्यक्ष सुमित्रा भुजेल , नगर महिला कोषाध्यक्ष पार्वता भुसाल ,नगर महिला सचीव अनु अनिसा अर्याल, सह सचीव मनकला भुसाल , सीता खत्री लगाएतको  कार्यक्रममा उपस्थिति रहेको थियो   ।

जसमा संगठनको महत्त्वपूर्ण जानकारी प्रमुख अतिथि राम प्रसादले संगठनको स्थापना र उदेश्य सहित प्रशिक्षण गराउनु भयो ।कार्यक्रमको सन्चालन नगर सचिब   टोपलाल चौहानले गर्नु को थियोे ।८० जनाको उपस्थिति  सहित कार्यक्रम  सम्पन्न भएको त्यहाबाट टोपलाल चौहानले अर्घाखाँची बुलेटिनलाइ जानकारी   दिनुभएको छ  ।

प्रतिक्रिया दिनुहोस्