विश्व समाचार

भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सवार हेलिकप्टर दुर्घटना: चार जनाको मृत्यु

२०७८ मंसिर २२

भारतको तलिमनाडुको कुन्नुरको जंगलमा बुधबार सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना भएको छ । घना जंगलमा भएको दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो । यसमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए ।