विश्व समाचार

ओमिक्रोनका कारण दिल्लीमा थप प्रतिबन्ध, सबै शैक्षिक संस्था बन्द गरिने

२०७८ पौष १३

काठमाडौं । कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि भारतको दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ ।मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’ लागू गरिएको जानकारी गराएका छन् । योसँगै दिल्लीमा ‘यलो अलर्ट’ जारी गरिएको छ ।