गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि

| २०७८ असार २७ गते १९: ४६ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी। गुल्मीमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।एन्टिजेन परिक्षाण गर्दा ३२ जना पिसिआर परिक्षण गर्दा ५ जना मा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ।

जिल्लाकाे रेसुङा नगरपालिकामा दुई जना,मुुसिकाेट नगरपालिकामा दुई जना,रुरुक्षेत्र गाउँपालिकामा १४ जना,कालीगण्डकी गाउँपालिकामा छ जना,सत्यवति गाउँपालिकामा चार जना,छत्रकाेट गाउँपालिकामा तीन जना,मालिका गाउँपालिकामा तीन जना,मदाने गाउँपालिकामा एक जना, इस्मा गाउँपालिकामा एक जना,धुर्कोट गाउँपालिकामा एक जना गरि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ४५५ पुगेको छ।

गुल्मीमा दोस्रो काेराेना लहरका कारण गुल्मीमा ९१ जनाले ज्यान गुमाएका छन्।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यही असार ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्