पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि

| २०७८ सावन १७ गते १८: ५१ मा प्रकाशित

काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ६३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ जना र एन्टिजेन विधिबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ । हाल सक्रिय संक्रमितमध्ये २८ हजार ६३ जना होमआइसोलेसनमा, ३ हजार २३५ जना संस्थागत आइसोलेसनमा, ६७७ जना आईसीयूमा र १६९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ८७५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ लाख ९५ हजार १३२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ४० लाख ६४ हजार २८८ जनाले पहिलो मात्रा र १८ लाख १३ हजार ४७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्