गुल्मीमा पछिल्लो २४ घण्टामा थप ६ जनामा काेराेना संक्रमण पुष्टि,२ जना काेराेना संक्रमण मुक्त

| २०७८ भदौ २६ गते १८: १८ मा प्रकाशित

गोकर्ण पाण्डे गुल्मी।  गुल्मीमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षण गर्दा ६ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। 

जिल्लाकाे रुरुक्षेत्र गाउँपालिकामा मात्र ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ३३६ पुगेको छ।

त्यस्तै,पछिल्लो २४ घण्टामा २ जना काेराेना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल पाँच  हजार छ सय १ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

गुल्मीमा दोस्रो काेराेना लहरका कारण गुल्मीमा ९६ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्