अर्घाखाँचीमा नयाँ प्रहरी नायब उपरीक्षक थापा आए संगै सवारी साधन चेकजाँचमा कडाई (तस्विर -भिडियो सहित)

| २०७८ असार २२ गते १७: १८ मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट सुपादेउराली मन्दिर, ठाडा बजार हुँदै तराई  झर्ने गाडीको संख्यामा चाप एकदमै बढे संगै गाडीमा सवार गर्ने सिट संख्या भन्दा बढी यात्री राख्नेलाई  र आवश्यक कागजात चेकजाँचमा ठाडा प्रहरी कार्यालयले एकदमै कडाई गरेको छ।

सवारीसाधन चेकजाँच गर्दै ठाडा प्रहरी 

अहिले पछिल्लो समयमा लकडाउन केहि खुकुलो भए सङ्गै धेरै गाडीहरुबाट आवश्यक कागजात नभएको खण्डमा उक्त गाडीहरु बाट राजस्व उठाउँने कार्य गरिएको ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।

 चेकजाँच गर्दै ठाडा प्रहरी 

साथै अर्घाखाँची जिल्ला मा भर्खरै मात्र सरुवा भइ आउनु भएका अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा आए संगै सवारी साधन चेकजांचमा कडाई गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्