याेगदानमा आधारित सामाजिक सुरक्षा याेजनाकाे विराेधमा अर्घाखाँचीमा प्रदर्शन

| २०७८ असार २४ गते १८: १३ मा प्रकाशित

हरिप्रसाद भुसाल ,सन्धिखर्क। याेगदानमा आधारित सामाजिक सुरक्षा याेजनाकाे विराेधमा अर्घाखाँचीमा प्रदर्शन भएकाे छ ।

जिल्लामा रहेका बैक तथा बित्तिय संस्थामा आवद्द कर्मचारीहरुले सरकारले तीन दशक लामाे संघर्षकाे उपलव्धी खाेस्न लागिएकाे भन्दै प्रदर्शन गरेका हुन् ।

याेगदानमा आधारित सामाजिक सुरक्षा याेजना स्वेच्छिक हुनुपर्नेमा बाध्यकारि बनाईएकाे र यसले प्रत्यक्ष रुपमा आफुहरु मारमा परेकाे भन्दै विराेध गरेका हुन् ।

सन्धिखर्क शान्ति वंगैचा चाेकमा भेला भएका कर्मचारीहरुले सामाजिक सुरक्षा याेजनाकाे विराेधमा नारावाजी सहित बजार परिक्रमा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्