शितगंगाका पहिरो पिडितहरु एक बर्ष देखि पालमुनी

| २०७८ असार २५ गते २२: १८ मा प्रकाशित

शितगंगा। अर्घाखाँचीको शितगंगा नगरपालिकामा गत बर्ष पहिरोले घरवार बिहिन भएकाहरुले अहिले सम्म कुनै राहत पाउन सकेका छैन्न । केन्द्र सरकार , प्रदेस सरकारको प्रतिनिधीहरुले पटक पटक आश्वासन दिए पनि फेरी बर्खा लाग्दा समेत उनिहरुले राहत नपाएको गुनासो गरेका छन ।
शितगंगा नगरपालिकाले गत बर्ष पहिरोमा परि पिडित बनेका वडा नम्बर ११ र १२ का स्थानियहरुलाई राहत स्वरुप नगद बितरण गरेको छ । नगर प्रमुख सुर्य प्रसाद अधिकारीले पुर्ण क्षति भएकाहरुलाई तत्काल राहत स्वरुप २५ हजार तथा आंसिक क्षति भएका हरुलाई प्रति परिवार रु १० हजार बितरण गर्नु भएको हो ।

नगर प्रमुख अधिकारीले कार्यक्रममा बोल्दै राज्यका अन्य बिभिन्न निकायमा गत बर्ष देखि अनेकौ पहल गरे पनि कहि बाट सहयोग नभएको बताउनु भयो । अप्ठेरोमा परेका जनताहरुलाई तत्काल भए पनि राहत दिने उदेश्यले नगरपालिकाको तर्फ बाट राहत बितरण गरेको अधिकारीले बताउनु भयो । यस्तै वडा नम्बर ११ का अध्यक्ष कपिल आलेले लामो समय सम्म पनि पिडितहरुले कुनै राहत नपाएको मा दुख पोख्नु भयो । भिन्न निकायहरु बाट खाद्यायन्न , लत्ता कपडाहरु सहयोग भए पनि सरकारको बिभिन्न निकायहरुले कुनै सहयोग अहिले सम्म नभएकोमा दुख पोख्दै केन्द्र तथा प्रदेस सरकारले तिरपाल मुनी बसिरहेका जनताको समस्या बुझन नसकेको बताउनु भयो । यसतै वडा नम्बर १२ का वडा अध्यक्ष बाबुराम गैरेले एक बर्ष सम्म पिडितहरुकाे मर्म कसैले बुझ्न नसकेकाे भन्दै दुख पाेख्नु भयाे  ।

शितगंगा नगरपालिकामा गत बर्ष असोज ९ गते पहिरो २ वटा गाँउ भासिएका थिए । उत्त पहिरोले १०९ घरमा क्षति पुराएको थियो । पहिरोबाट २९ घर पुर्ण रुपमा क्षति भएका थिए उनिहरुको घरबारी सबै पहिरो गलेर स्कुलमा बसिरहेका छन भने कोहि खुला ठाँउमा त्रिपाल लगाएर बसेका छन केहि भने कपिलबस्तु झरी सकेका छन । पहिरो पिडितहरुलाई पुर्व मन्त्री टोप बहादुर रायमाझीले पटक पटक आश्वासन दिए पनि अस्थाइ त्रिपाल बाहेक स्थाइ बसोबासको लागि कुनै पहल नगरेका पिडितको गुनासो छ ।श्रोत - सितगंगा खबर 

प्रतिक्रिया दिनुहोस्