पहिरोका कारण अवरुद्ध गोरूसिङगे सन्धिखर्क सडकखण्ड सुचारू

| २०७८ असार ३१ गते १३: ०८ मा प्रकाशित

बिष्णु कुमार आले,अर्घाखाँची । पहिरोका कारण अवरुद्ध भएको गोरूसिङगे सन्धिखर्क सडकखण्ड संचालनमा आएको छ । गएराती सडक खण्डको शितगंगा १२ बसेरीको आसपासमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

 ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख, प्रहरी निरिक्षक सन्दिप बेल्बासेको कमान्डमा , प्रहरी सहि सालिकराम खनाल सहित ८ जनाको प्रहरीको टोली र सडक बिभागको अथक प्रयास पछि सडक संचालनमा आएको हो । अहिले सडक सुचारू भएपछि दर्जनौं रोकिएका सवारी साधन , मालवाहक साधन, एम्बुलेन्स लगातका गाडिहरू आफ्नो गन्तव्यमा लागेका छन् । 

लामाेदुरी सम्म माथीबाट खसेको पहिरो हटाउन  सडक बिभागको एउटा जेसिबीले समय लागेपछि करिव ६ घण्टा पछि सडक संचालनमा आएको हो । माथीबाट पहिरो खसेपछि बिहिवार बिहान ५ बजे देखि सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्