अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलद्वारा भुमिकास्थानका संक्रमित हरुको स्वास्थ अवस्था तथा निषेधाज्ञा प्रभावबारे अनुगमन

| २०७८ सावन १९ गते २१: १४ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची।अर्घाखाँचीमा आज निषेध्याज्ञाको तेस्रो दिन अत्यावश्यक सेवा बाहेक का अन्य  सेवाहरु पुर्ण रुपमा बन्द भएका छन हाल जिल्ला मा  सक्रिय संक्रमित को संख्या ६२५  छ भने मृत्यु हुनेको संख्या ७४ पुगेको छ।

 त्यसै गरि मंगलबार प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल को नेतृत्वमा जिल्ला को भुमिकास्थान नगरपालिका का विभिन्न वडा हरुमा संक्रमित हरुको स्वास्थ अवस्था तथा निषेधाज्ञा को बारेमा के कस्तो प्रभाव परेको छ भनी अनुगमन लाई तिब्रता दिएको छ।

भुमिकास्थानमा  निषेधाज्ञा को बारेमा के कस्तो प्रभाव परेको छ भनी अनुगमन

अनुगमनमा  भुमिकास्थान नगरपालिका का नगरप्रमुख रेशम बहादुर थापा ,प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्री , शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन तथा संचारकर्मी को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्