खोलाले बगाउँदा अर्घाखाँचीको धारापानीका एक पुरुष बेपत्ता

| २०७८ सावन २८ गते २०: ४६ मा प्रकाशित

संगिता पाैडेल। कपिलवस्तुको वाणगंगा नगरपालिका ९ मा पर्ने कपिलधाम र चौवा जोड्ने कजवेमा आएको बाढीले एक जनालाई बगाएको छ । बिहिबार दिउँसो अर्घाखाँचीबाट कपिलवस्तु वाणगंगा आउनेक्रममा कजवेमा आएको बाढीले बगाउँदा अर्घाखाँची धारापानीका अन्दाजी ४५ वर्षिय पशुपति पाैडेल बेपत्ता भएका हुन्।

घटनाको खबर पाउँन साथ् घटना स्थलमा इलाका प्रहरी कार्यालय पिपराको टोली उद्धारका लागि पुगेको छ। पौडेल उपचारका लागि बुटवल हिडेका उनी खाेलामा पानी चेक गर्दछु भन्दै छेउमा जाँदा बग्न पुगेको प्रत्यदर्शीको भनाईरहेको छ। घटनाकाे बाँकी विवरण आउँन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्