अर्घाखाँची बुलेटिन मिडियाद्वारा जनप्रतिनिधि का मासिक तलब भत्ताको विवरण माग

| २०७९ असार १९ गते १९: ५८ मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क। लोकतन्त्रमा जनप्रतिनिधि हरु जनता बाट नियुक्त प्रतिनिधि मात्र हुन शासक र मालिक होइनन, सार्बभौम जनताका मौलिक हक अधिकार सुनिश्चित सगै जनसेवा पार्दर्शी रुपामा कार्यनयन गर्न र सार्बजनिक सम्पती जनताको हित सहि सदुपयोग संरक्षणका लागि हो। हाम्रो संविधान लोकतान्त्रिक विधि लाई आत्मसात गरेको छ, जनताबाट चुनेको ब्यक्तिबाट शासन ब्यबस्था गर्ने प्रचलन छ। 

तर दुर्भाग्य भनौ हाम्रो देशमा जनता बाट चुनिएका जनप्रतिनिधि बाटै जनतालाई बिश्वासघात गर्ने जनता माथी बैमानी गरि चरम भष्टचार, ब्यक्तिगत महत्त्व आकांक्षा स्वार्थमा मा लिप्त भएको तितो यथार्थ र आम जनगुनासो रहेको सबैलाई अबगतनै छ।

स्थानीय सरकार आयपछी गाउँमा सिंहदरबार आयो जनता लाई सुख सुबिधा सहजै प्राप्त हुने भयो, समाज बिकासको पथमा अग्रसर भयो तर जनताका समस्या जिउका तेहि रहे परिणाम यसको ठिक उल्टो भयो। झन स्थानीय सरकार चरम भष्टचारको अखडा बन्यो नाताबाद र कृपा बादको थलो बन्यो । जनता यसबाट व्यापक निराश भयको र जनताको जनगुनासो र एक जिम्मेवार मिडिया र एउटा सामाजिक उत्तरदायित्व अनुरुप अर्घाखाँची बुलेटिन ले जनतालाई सुक्षित गर्दै स्थानीय सरकार लाई खबरदारी गर्दै जनताको सरोकार र प्रत्यक्ष चासोको बिषयलाई प्राथमिकता साथ उजागर गर्ने छ कसैको पक्ष विपक्ष मा नभैइ स्वतन्त्र जनताका मुद्दा अनुसार अर्घाखाँची जिल्लाका सबै पालिका र वार्ड का निम्नलिखित सुचना मागि जनता सम्म पुर्याउने छ।

- अर्घाखाँची जिल्ला रहेका ६ वटा नगरपालिका/ गाउपालिका सबै वार्डका जनप्रतिनिधि ले प्रत्येक महिनामा पाउने पारिश्रम, उपलब्ध भत्ता लगायत अन्य लियको सेबा सुबिधा को विवरण  बारेमा नगरपालिका र गाउपालिका सग सूचना  मागी जनतालाई जानकारी गराउने आफ्नो प्रतिनिधि बाट केहि बदमासी त भएको छैन आमनागरिक लाई सचेत बनाउने जसले अनिमियता र हुने भ्रष्टाचारमा खबरदारी गर्न सक्छ।

- जनता बाट प्राप्त गुनासो र केही गोप्य सूचना अनुसार जनप्रतिनिधि हरु कतै फिल्ड भिजिट, अन्य गोष्ठी सेमिनार लगायत अन्य कार्यमा जादा अनिमित खर्च गर्ने, मादक पदार्थ सेबन गर्ने जथाभावी सरकारि रकम खर्च गर्ने अनि बिल मिलाउने, अथवा अन्य बिल र dummy बिल बनाई सेटिङ्ग को आधारमा लेखापाल सग मिलाउने गुनासो आयको हुदा जनप्रतिनिधि को हुने खाजा लागायत गोष्ठी फिल्ड भिजिटमा जादा खाना खर्च प्रत्येक महिना को विवरण नगरपालिका/गाउपालिका सग मागी जनतालाई जानकारी गराउँने 

- नगरपालिका र गाउपालिकाले आफना राजनीति निकट मिडिया पत्रकारमा धेरै खर्च गरेको जानकारी आयको हुदा प्रत्येक महिनामा के कार्यको लागि उक्त मिडिया मा खर्च गरेको जसको उपलब्धि प्राप्त भएको नभएको? यदि कुनै मिडिया सग करार भएको भय त्यसका आधार हरु को सुचना मागी जनतालाई जानकारी गराउँने 

उपरोक्त सुचना जनता का प्रत्यक्ष चासो र सरोकार का बिषय भयको हुदा यसै सुचना लाई आधार मानी वा हामी अर्घाखाँची बुलेटिनले सुचना पनि माग्ने छौ, उपलब्ध गराउन सम्पूर्ण अर्घाखाँची का नगरपालिका/ गाउँपालिका लाई यसै सूचना मार्फत अपिल गर्दै, पार्दशिता र सुशासन मा हातेमालो गर्न सम्बन्धित पालिकाको लेखापाल र सूचना अधिकारी लाई हार्दिक अनुरोध गर्दछौं।

 

प्रतिक्रिया दिनुहोस्