प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीबाट टाेपबहादुर रायमाझी एमालेको तर्फबाट सर्वसहमत उम्मेदवार सिफारिस

| २०७९ भदौ २० गते १६: १८ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले  मंसिर-४ गते सम्पन्न हुन लागेकाे प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँची जिल्लाबाट पार्टी केन्द्रीय कमिटी सचिव पुर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझीलाई सर्वसहमत उम्मेदवार सिफारिस गरेको छ ।

माओबादी केन्द्रमा रहँदा पटक - पटक मंत्री बनेका रायमाझी यस पटकको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले बाट चुनाव लड्दै छन। रायमाझी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिव पदमा रहेका छन्। 

माओबादी केन्द्र बाट ३ पटक सम्म एकलौटी राज गर्दै अर्घाखाँची बाट निरन्तर सांसद बनेका रायमाझीलाई यस पटकको चुनावमा ठुलो चुनौती समेत रहेको जिल्लावासीले आंकलन गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्