नवौं राष्ट्रिय खेलकुद लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगितामा अर्घाखाँचीले जित्यो ३ स्वर्ण पदक सहित २१ पदक र २ ट्रफी

| २०७९ असोज ८ गते १८: १३ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगितामा अर्घाखाँचीले स्वर्ण पदक,रजत पदक र कास्य पदक गरि कुल २१ पदक हाँसिल गरेको छ।

दाङ्गको तुलसीपुर र बुटवलमा भएको नवौं राष्ट्रिय खेलकुद  लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगितामा हाल सम्म अर्घाखाँचीले ३ स्वर्णपदक , ८ रजत र १० कास्य गरि कुल २१ पदक र २ ट्रफी हात पारि सकेको छ । जसमध्य ४ जना गण्डकी प्रदेशमा असाेज २८ गते देखि कात्तिक  ३ गते सम्म संचालन हुने राष्ट्रिय खेलकाे लागि छनाेट परेको जिल्ला खेलकुद बिकास समिति अर्घाखाँचीका अध्यक्ष बिष्णु क्षेत्रीले अर्घाखाँचीबुलेटिन लाई जानकारी दिनु भएको छ।

स्वर्ण पदक हाँसिल गर्ने तथा राष्ट्रिय खेलमा सहभागी हुने खेलाडीहरु 

हाफ म्यराथन 

राेहित अधिकारी

फुलकन्ट्क कराते 

राम बहादुर राना

 मधु पुन

बुद्विचाल कुसल बेल्बासे 

रजत पदक हाँसिल गर्ने खेलाडी

राेहित अधिकारी स्टेपल दौड ३ हजार मिटर 

सन्दि पसेझ्वाल कराते

वविता घम फुलकन्ट्यक कराते

विष्णु राना फुलकन्ट्यक कराते

सरिता घम

कमल पुन

सन्दिप क्षेत्री 

कृष्ण बहादुर पुन

 कास्य पदक प्राप्त गर्ने

 एथलेटिक्स -दिपा काेसि १० हजार मिटर र डिस्कस थ्राे

सन्दिप नेपाली ज्यभलिङ्ग  थ्राे

ममता जिसि त्रिपल जम्प

फुुलकन्ट्क कराते 

गायत्रि घम 

अपिल खत्रि

सुमन जिसि

 तेक्वान्दो 

मानदेव स्रेष्ठ

मनिस परियार रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्