काङ्ग्रेस नेतृ भुसालद्वारा मतदातालाई धन्यवाद ज्ञापन

| २०७९ मंसिर ९ गते १७: १० मा प्रकाशित

कमला घिमिरे। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा उम्मेद्वार पुष्पा भुसालले मतदातालाई धन्यवाद ज्ञापन गरेकी छिन् । सामाजिक संजाल मार्फत उनले आम मतदाता प्रती आभार प्रकट गरेकी हुन् ।

आम मतदातासंगै निर्वाचन सम्पन्न गराउने मुख्य निर्वाचन अधिकृतको कार्यालय, कर्मचारी, सुरक्षाकर्मी निकाय, पत्रकार, नागरिक समाज, पर्यवेक्षण लगायत सम्पुर्णप्रति उनले धन्यवाद व्यक्त गरेकी हुन् । साथै उनले देश निर्माण र जिल्लालाई समृद्ध बनाउन आफु निरन्तर लागीरहने पनि प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्