राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति अर्घाखाँचीद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका बिच सम्पन्न

| २०७९ पौष २७ गते १९: २५ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। 
 पौष २७- राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति अर्घाखाँचीद्वारा पृथ्वी जयन्ती तथा रास्ट्रिय एकता दिवस विविध कार्यक्रमका बिच सम्पन्न  भएको छ।

३०१ औं पृथ्वी जयन्ती

३०१ औं पृथ्वी जयन्तीको अबसरमा राप्रपा जिल्ला कार्यसमिति अर्घाखाँचीले बिहान ८ बजे जिल्ला अस्पतालमा रहेका बिरामीहरु लाई फलफूल बितरण ,११ बजे शान्तिबगैंचा सरसफाइ अभियान संचालन गर्नुका साथै १२.३० बजे होटेल बिन्दुमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा कुँवर 

राप्रपाका केन्द्रिय सदस्य पशुपति पान्डेको प्रमुख आतिथ्यतामा भएको अन्तक्रिर्या कार्यक्रममा जिल्ला स्थित राजनैतिक दल  नेपाली काङ्ग्रेस का कोषाअध्यक्ष बिष्णु क्षेत्री ,एमाले सन्धिखर्क नगरकमिटी अध्यक्ष श्रीकृष्ण भुसाल , माओबादी केन्द्र जिल्ला समन्वय समिति सदस्य काजिमान रायमाझी ,  रास्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि हरि प्रसाद भुसाल , रास्ट्रिय जनमोर्चाका प्रतिनिधि भिमलाल आचार्य  राप्रपा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु नगर तथा गाउँ समितिका अध्यक्ष तथा प्रतिनिधिहरु  अर्घाखाँची उधोग बाणिय संघका उपाध्यक्ष साजन वलि नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।

३०१ औं पृथ्वी जयन्ती

राप्रपा जिल्ला कार्यसमितिका सभापति दिपक कुवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तब्य जिल्ला प्रबक्ता बिनोद आचार्य तथा  कार्यक्रमको संचालन जिल्ला सचीव महेन्द्र कुमार श्रेष्ठले गरेका थिए ।

राप्रपा जिल्ला कार्यसमिति अर्घाखाँचीद्वारा बृक्षा रोपण 
राप्रपा जिल्ला कार्यसमिति अर्घाखाँचीद्वारा बृक्षा रोपण 
३०१ औं पृथ्वी जयन्ती
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल 

प्रतिक्रिया दिनुहोस्