पाँचौं अर्घाखाँची महाेत्सवको सातौँ दिन खुमनको गितमा दर्शकले उडाए नाँचेर धुलो (तस्विर -भिडियो सहित)

| २०७९ माघ १७ गते १८: २८ मा प्रकाशित

पुजा कुँवर ,रबि पोख्रेल। पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को सातौँ दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायक खुमन अधिकारि गायिका  संगीता चितौरे लगायतका कलाकारहरुको प्रस्तुतिमा दर्शकहरुले नाँचेर भरपुर् मनोरंजन लिएका छन्। 

दर्शकहरु

प्रदर्शनीको सातौँ  दिन पनि कूँडुंले फाँटंमा दर्शकहरुको उपस्थिति सन्तोष जनक रहेको थियो।गायक खुमन अधिकारिले गित गाउँदा वृद्व वृद्वा हरु देखि युवा युवती हरु मा एकदमै फरक खालकको जोश जाँगर र उत्साह देखिएको थियो।

प्रदर्शनीको सातौँ  दिन पनि कूँडुंले फाँटंमा दर्शकहरुको उपस्थिति

सन्धिखर्क १ को कूँडुंले फाँटंमा लोकदोहोरि गायिका संगीता चितौरे ले दर्शक हरुलाई आफ्नो प्रस्तुति बाट भरपुर् मनोरंजन दिएकि थिइन्।

लोकदोहोरि गायिका संगीता चितौरे 

साथै लोकदोहोरी गायक बिक्रम बाबु बिश्वकर्माको पनि धमाकेदार प्रस्तुति रहेको थियो। 

गायक बिक्रम बाबु बिश्वकर्मा

सातौँ दिन को प्रदर्शनीमा मोडल अभिषेक खड्काले पनि दर्शक हरु लाई नृत्य प्रस्तुत गरेर भरपुर् मनोरंजन दिएका थिए। 

मोडल अभिषेक खड्का

पाँचौं अर्घाखाँची महोत्सवमा युवा भन्दा युवती हरुको जोश र उत्साह सहित दैनिकी सामाजिक संजालमा भाईरल हुने क्रम जारि नै रहेको छ। आज भने वृद्व वृद्वा हरुमा पनि उत्साह र जोश देखिन्थ्यो। 

माघ ११ गते देखि २४ गतेसम्म मेला सुचारु हुने आयोजकले जनाएको छ।  ‘कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको १५ दिने मेलाको माघ ११ गते भव्य रुपमा उद्घाटन भएको हो।महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले गरेका थिए। 

पाचौं अर्घाखाँची महोत्सव को सातौँ दिनमा पतंजली योग समिति अर्घाखाँची 

महोत्सवको आठौँ  दिन अर्थात भोलि चर्चित लोकदोहोरि गायक बद्री पंगेनी ,गायिका सपना गाहा,अर्घाखाँचीका गायक विजय सुनाम र एलिशा डान्स ग्रुप काठमाण्डौ को  बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्