अभिषेक खनाल सुनार बने पाँचौँ अर्घाखाँची डान्स आइडलको विजेता

| २०७९ माघ २४ गते २०: ३१ मा प्रकाशित

सन्धिखर्क। पाँचौ अर्घखाँची डान्स आइडलको उपाधि अभिषेक खनाल सुनारले  पाएका छन् । सन्धिखर्क नगरपालिका २ बस्ने अभिषेकले १० जना प्रतिस्प्रर्धीहरुलाई हराउँदै जित्न सफल भएका हुन् ।

विभिन्न चरणमा प्रतिस्पर्धा र भोटिङको आधारमा विजेता घोषणा गरिएको डान्स आईडलका निर्णायक सन्तोष शर्माले बताउनुभयो । उनीलाइ रु २५  हजार सम्मान पत्रले सम्मान गरिएको छ । उपविजेता सुहाना पुन मगर भएकी छिन । 

अभिषेक खनाल सुनार

अर्घखाँची जिल्लाको समग्र विकासको आधार, कृषि, पर्यटन, कला संस्कृतिक उद्योग र व्यापार भन्ने नारासहित  नेपाल उद्योग वाणिज्य संघ, अर्घाखाँची र अर्घाखाँची चेम्बर अफ कमर्सले माघ ११ गते देखि २४  गते सम्म पाँचौ अर्घाखाँची महोत्सव आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्