कमला घिमिरे ,अर्घाखाँची। जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले पत्रकारिता जगत् स्वच्छ हुनु पर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको प्रकारिता प्रर्वद्धनात्मक तथा पत्रकार महासंघको संस्थागत क्षमता विकास तालिममा वोल्ने क्रममा प्रमुख कोइरालाले यस्तो बताएका हुन् ।
कोइरालाले पत्रकार कुनै व्यक्ति वा संगठनको मात्र हुन नहुने बताएका थिए । कोइरालाले भने ” पत्रकारहरू पछिल्लो समय कुनै संगठनको मात्र हुने गरेको सुन्नमा आउँछ यस्तो हुनुहुदैन, पत्रकार सबैका साझा हुनुपर्छ ।”
पछिल्लो समय पत्रकारिता जगत विवादित बन्ने गरेको भन्दै विवाद आउने काम पत्रकारले गर्न नहुनेमा जोड दिए । कोइरालाले खोजमा आधारित पत्रकारिता गर्न समेत जोड दिएका थिए । स्वच्छ, सत्य र निश्पक्ष पत्रकारिता अनिवार्य भएको बताए ।
प्रतिक्रिया दिनुहोस्