नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राधिका शाक्यको तस्विर ट्रेन्डिङ मा

| २०७९ चैत १३ गते १५: ३४ मा प्रकाशित

रमेश थापा ,सन्धिखर्क।आफ्नी धर्म पत्नी राधिका शाक्य संग अर्घाको मसुरपाटा डाँडा मा बसेर पुर्वप्रधानमंत्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले खिचेको तस्विरले हिंजो देखि सामाजिक संजाल तताएको छ। 

नेकपा एमालेको "मिसन ग्रासरुट"बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सकेर अर्घा भगवती मन्दिर (अर्घा दरवार) को दर्शन गर्न पुगेका ओली दर्शन गर्नु अघि मसुरपाटा डाँडाको अवलोकन गर्न पुगेका थिए। 

ओलीले मसुरपाटा डाँडामा श्रीमती संग बसेर आफ्नो औलाको इशारा पश्चिम तर्फ देखाएपछि उनका स्वकीय सचिव सुर्य थापा ले समेत "हेर राधिका प्युठानको सूर्य थापा को घर तेता पर्छ " भनेर इशारा गरेको भन्दै आफ्नो फेसबुक वालमा तस्विर पोष्ट गरेका छन्। 

साथै जिल्ला देखि जिल्ला बाहिर का मिडिया देखि ,ब्याक्तित्व हरुले राधिका शाक्य र केपी ओलीको तस्विरलाई हिंजो देखि ट्रोल बनाउँदै ट्रेन्डिङ्ग मा पुर्याएका छन्। 

प्रतिक्रिया दिनुहोस्