बिकास प्रेमी नेता रायमाझीलाई मानव तस्करको आरोप :८७५ नेपालीलाई भुटानी बनाउँने र अमेरिका उडाउँने गिरोहमा संलग्नता

| २०७९ चैत २४ गते १९: ०८ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। भर्खरै सम्पन्न प्रतिनिधि सभा चुनावमा अर्घाखाँची बाट तेस्रो पटक जिल्लाको जनप्रतिनिधि भनेर अर्घाखाँचीका जनताले भारी बहुमतले बिजयी गरायका जनप्रतिनिधि टोपबहादुर रायमाझी र उहाका सुपुत्र सन्दीप रायमाझी मानव तस्कर जस्तो जघन्य, अमानवीय घोर अपराध मा संलग्नता रहेको खबरले यतिबेला सम्पूर्ण अर्घाखाँची जिल्ला तरङ्गित र संसकित बनेको छ। 

 भुटानी बनाउँने र अमेरिका उडाउँने गिरोहमा संलग्नता  

टोपबहादुर रायमाझी लामो समय सम्म माओवादी पार्टिमा आवद्ध थिए उनी हालचालै मात्र एमाले प्रबेश गरि एमाले बाट टिकट पायर चुनाव पनि जितेका थिए। बोलिमा दक्ष  मधुरता  अनि चलाख चतुर आश्वासन र गफ का माहिर सिपालु अनि एमालेको बाहुबलका कारण आसन्न सम्पन्न  चुनाव जितेका थिए। तर यो घटनाले बोली र ब्यहबारमा आकश जमिनको फरक रहेको प्रष्ट पारेको छ। यो प्रकरणले आम अर्घाखाँची जनता हरुको बिबेक को त राम्रो सग परिक्षण भएको छ भने आम मतदाता को मनमा कौतुहल र पश्च्याताप सहजै देखिन्छ। 

यस सन्दर्भमा कान्तिपुर न्युजको खबर अनुसार अन्जानबस समर्थन गरेको स्वयम् टोपबहादुर रायमाझिले स्वीकार गरेका छन। यस सन्दर्भमा जिल्लाका बिपक्षी हरु मौन छन भने जिल्लामा आफुलाई अग्रणी पत्रकार हरु पनि बहिरा र अन्धा बनेका छन भने केही एमाले कार्यकर्ता टोपबहादुर को बचाउ मा खुलेरै उत्रियका छन। यदि यो चरीत्र र ब्यहबाहर हो भने अर्घाखाँचीमा हुने बिकास र घोटालामा पनि टोपबहादुर मुख्य हातहुने धेरै को ठ्म्याई छ। यस्तै यो खबरले अर्घाखाँची का जनप्रतिनिधि होइन एउटा कलंक को रुपमा पहिचान गरायको छ।

यदि यो घटना सत्य र प्रत्यक्ष अप्रत्यक्ष रुपमा यस्तो अति निन्दनीय घटनामा यदि टोपबहादुर रायमाझीको संलग्नता हो भने नैतिकताको रुपमा राजीनामा दिई कठोर भन्दा कठोर सजायको भागिदार हुनै पर्छ। जिल्ला का जनताको सपना र भबिश्यलाई मानव तस्कर जस्तो अपराध संग सौदाबाजी अर्घाखाँची का जनताले कदापि स्विकार्ने छैनन। बोलिमा आफुलाई बिकासबादी र इमानदार नेता बताय पनि उनी ब्यहबार मा त्यस्को उल्टो पाईयको छ। उनी लुट्ने ढाट्ने छल्ने र अबसरबादी स्वाभाब र नैतिकता भन्ने हुँदै नभयका ब्यक्ति हुन तर अर्घाखाँची का जनताले कसरी पुरस्कृत गरि रहेका छन भनेर कुनै बेला उनी निकट रहेका ब्यक्ति ले हामिलाई जानकारी समेत गरायका छन।

जिल्ला कै जनप्रतिनिधि जस्तो ब्यक्ति को यस्तो हर्कतले र उहाले दियको आदर्श ले उहाका कार्यकर्ता हरुले पनि यहि आचरण गर्ने हो भने हाम्रो समाज र समग्र जिल्ला लाई हामीले कता लागि रहेका छौ। अझै पनि समाजमा पार्टी को अन्धबिस्वास भ्रमले संरक्षण लगायत प्रोत्साहन गर्ने हो भने यस्ता बिकृतिहरु अझ झांगियर मौलाउने छन। अब हाम्रो समाज पार्ती ब्यक्ति भन्दा पनि योग्य र राम्रो को पछि लाग्नु आबश्यक छ। यस बारेमा थप अनुसन्धान र थप प्रमाणित भने बाकी नै छ।

प्रतिक्रिया दिनुहोस्