वीर बहादुर सुनारको दोश्रो स्मृति दिवस स्मृति सभा तथा बर, पिपल र स्वामीको वृक्षारोपण गरी सम्पन्न 

| २०८० सावन १८ गते १९: ५७ मा प्रकाशित

अर्घाखाँची।  नेकपा एमाले पूर्व जिल्ला कमिटी सदस्य, सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का अगुवा समाजसेवी तथा राजनैतिक व्यक्तित्व, जिल्लाका दलित आन्दोलनका  नेता वीर बहादुर सुनारको दोश्रो स्मृति दिवस सन्धिखर्क ८, पलासपाटामा सम्पन्न भएको छ । 

नेकपा एमाले सन्धिखर्क नगरपालिका वडा नम्बर ८ को वडा कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा एमाले पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीको प्रमुख आतिथ्य र पार्टी जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालको विशेष आतिथ्य रहेको थियो ।

उक्त कार्यक्रममा एमाले पार्टी प्रदेश कमिटी सदस्यद्वय प्रेमनारायण गैरे र सरोज भुसाल, जिल्ला कमिटी सचिव  तोज बहादुर रायमाझी, जिल्ला कार्यालय सचिव  लिला बि. क., सन्धिखर्क नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल, जिल्ला लेखापरीक्षण कमिटी अध्यक्ष  नारायण अर्याल, जिल्ला कमिटी सदस्यहरु लक्षमण नेपाली, देवी थापा, कमल भट्टराई, जेष्ठ कम्युनिष्ट  तथा सनपा ८ का पार्टीका संस्थापक नेता  गोविन्द प्रसाद भुसाल तथा नगर कमिटी सदस्य तुलसी भुसाल लगायतका नेताहरु अतिथिको रुपमा सहभागी हुनुभएको थियो।

पार्टी र जनसंगठनका विभिन्न तहका नेता - कार्यकर्ताहरु तथा स्थानिय जनताको व्यापक सहभागिता रहेको उक्त कार्यक्रममा स्व वीर बहादुर सुनारकी जीवन संगिनी निरु देवी सुनार र छोरा राजकुमार सुनार लगायत परिवारका सदस्यहरूको विशेष उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रम  वीर बहादुर सुनार प्रति श्रद्धाञ्जली स्वरूप एक मिनट मौन धारण गर्दै सुरु गरिएको थियो भने कार्यक्रममा प्रमुख अतिथि लगायत सम्पूर्ण सहभागीहरूद्वारा वीर बहादुर सुनारको तस्विरमा माला, फूल तथा अबिर अर्पण गरिएको थियो । 

त्यसैगरी कार्यक्रममा विशेष अतिथि पार्टी जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालले  वीर बहादुर सुनारको बहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गर्दै सहभागी सबैको तर्फबाट श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो । पार्टी वडा कमिटी अध्यक्ष दीपक सुनारको अध्यक्षता र उप सचिव शिला भुसालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि नरेन्द्र कुमार क्षेत्री, विशेष अतिथि पीताम्बर भुसाल  वीर बहादुर सुनार की जीवन संगिनी निरु देवी सुनार, छोरा राजकुमार सुनार लगायत सम्पूर्ण सहभागीहरुबाट वीर बहादुर सुनारको स्मरणमा गाजारीको पलासपाटामा बर, पिपल र स्वामीका बिरुवा लगाइएको थियो ।

उक्त स्थानलाई  वीर बहादुर सुनारको स्मृतिमा व्यवस्थित खेल मैदान र पार्कको रुपमा विकास गरिने आयोजकले जनाएको छ । वीर बहादुर सुनारको २०७८ श्रावण १८ गतेका दिन ६७ वर्षको उमेरमा कोभिड -१९ को कारणले दुःखद निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्