नेपाली काँग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ अर्घाखाँचीको अध्यक्षमा कृष्ण भुसाल

| २०८० भदौ २२ गते १४: १० मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क।  नेपाली काँग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ अर्घाखाँचीको अध्यक्षमा कृष्ण भुसालले जिम्मेवारी पाएका छन् । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितीका अध्यक्ष दुजाङ शेर्पाले भुसाललाई जिम्मेवारी दिएका हुन ।

नेपाल विद्यार्थी संघको विदान २०२७ को छैठो संसोधन २०७५ बमोजिम तिन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नेगरी अध्यक्ष जिम्मेवारी दिएको नेविसंघ केन्द्रीय कार्यसमितीले जनाएको छ । विद्यार्थी नेता भुसाल सन्धिखर्क नगरपालिका वडा नं. ५ का वडा सदस्य समेत हुन ।

यसअघि अर्घाखाँचीको नेविसंघको अध्यक्षमा भरतमणि भट्टराई रहेका थिए । जिम्मेवारी पाएसँगै अर्घाखाँची बुलेटिन डटकम संग कुरा गर्दै अध्यक्ष भुसालले केन्द्रीय कार्यसमितीको निर्देशन अनुसार संगठनका गतिविधी चलायमान बनाउँदै संगठनलाई मजवुद बनाएर अगाडी लैजान पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्