मन्जरी युवा क्लब सन्धिखर्क २ द्वारा आयोजित खुल्ला वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि पाणिनी र किमडाँडालाई

| २०८० असोज ७ गते २१: २२ मा प्रकाशित

पुजा कुँवर ,सन्धिखर्क। "स्वास्थ्य का लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्ने मुल नाराका साथ "मन्जरी  युवा क्लब सन्धिखर्क २ काे तेस्रो स्थापना दिवस काे अवसरमा आयाेजित खुल्ला वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ। 

खुल्ला वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता

असोज ४ गते देखि सुचारु भएको भलिवल प्रतियोगितामा पुरुष तर्फ १८ टिमले सहभागिता जनाएका थिए। प्रतियोगितामा पाल्पा ,पाणिनि, नरपानी ,झिर्रा ,जुकेना काफ्ले, ढाकावाङ ,मालारानी,सन्धिखर्क ८ ,११,२,६ ,७ लगायतका वडाहरु सहभागिता रहेको थियो। 

पुरुष तथा महिला भलिबल प्रतियोगिता

मन्जरि युवा क्लबले राखेको प्रतियोगिताको उपाधि पाणिनीले हात पारेको छ। क्रमश पाणिनी स्पोर्ट्स एकेडेमी प्रथम ,मन्जरि युवा क्लब" सन्धिखर्क - २ द्वितीय ,र सन्धिखर्क ११ डिभर्ना ले तृतीय स्थान हाँसिल गरेको छ। 

 प्रतियोगिताको उपाधि पाणिनीलाई 

प्रथम हुने टिमले रु १५,००० मेडल र  प्रमाणपत्र प्राप्त गरेको छ भने द्धितीय हुने टीमले ८,००० ,मेडल प्रमाणपत्र ,तृतीय हुने टिमले रु ४,००० र मेडल प्रमाणपत्र प्राप्त गरेको छ।  

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी संजु नेपाली ले : रु १,००० प्रमाणपत्र र बेष्ट स्पाईकरले : रु १००० – प्रमाणपत्र प्राप्त गरेका छन। 

भलिबल प्रतियोगिता

महिला तर्फ को भलिवल प्रतियोगितामा सन्धिखर्क ८ किमडांडाले प्रथम स्थान हाँसिल गरेको छ भने पाणिनी स्पोर्ट्स क्लब ले द्वितीय र सन्धिखर्क २ कुर ले तृतीय स्थान हाँसिल गरेको छ। 

सन्धिखर्क ८ किमडांडाले प्रथम स्थान हाँसिल गरेको छ

महिला तर्फ कुल ४ टिम को सहभागिता रहेको थियो। 

प्रतियोगिता को अन्तिम दिन अर्थात खेलको समापन पुरस्कार वितरण गर्ने कार्यक्रममा सन्धिखर्क २ का वडा अध्यक्ष मोति जंग रायमाझी को प्रमुख आथित्य रहेको थियो भने विशिष्ट अथितीमा हुम प्रसाद बन्जाडे ,खेलकुद समिति अर्घाखाँचीका अध्यक्ष बिष्णु क्षेत्रि को उपस्थिति रहेको थियो। 

अथितीहरु 

अथितिमा निर्मला नेपाली  ,सागर नेपाली ,सन्धिखर्क १० का पुर्व वडा सदस्य ,भेषराज क्षेत्रि ,संचारकर्मी पुजा कुँवर ,प्रदिप नेपाली,बिनय नेपाली लगायत का ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो। 

अर्घाखाँचीबुलेटिन संवाददाता पुजा केसी 

 

प्रतिक्रिया दिनुहोस्